अपरिचित व्यक्तिले ओटीपी माग गरेमा नदिन राष्ट्र बैंकको सुझाव
काठमाडौं । पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढेसँगै जोखिम समेत बढ्दै गएको भन्दै केन्द्रीय बैंकले आम सेवाग्राहीलाई सचेत बन्न आग्रह गरेको छ । विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाइसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट वान टाइम पासवर्ड (ओटीपी) माग गर्ने र भुक्तानी लिने गरेका जस्ता घटना घटेको भन्दै बैंकले सचेत र सजग हुन सबैमा अनुरोध गरेको हो ।
अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ/कनेक्ट आईपिएस/वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्याई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको बैंकले जनाएको छ । यस्तो घटनाबाट जोगिन कुनैपनि अपरिचित व्यक्तिले ओटीपी नम्बर माग गरेमा नदिन समेत राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ ।
यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा बैंकले सचेत गराएको छ । तथापि, यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा जानकारी प्राप्त भएमा तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टल फाइनान्सियल कन्जुमर प्रोटेक्सन पोर्टलमा दर्ता गराउन वा राष्ट्र बैंकको आधिकारिक ईमेलमा अबिलम्ब जानकारी गराउन समेत बैंकले आग्रह गरेको छ । साथै, भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुले यस्ता अवाञ्छित गतिविधिहरुलाई सुक्ष्म रुपमा निगरानी गर्न समेत बैंकले निर्देशन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण