विकास ऋणपत्र र ट्रेजरीमार्फत सरकारले दुई दिनमा १७ अर्ब आन्तरिक ऋण उठाउने
काठमाडौँ । सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विकास ऋणपत्र २०८६ ‘ङ’ मार्फत सरकारले ६ वर्ष लामो अवधिका लागि उक्त ऋण उठाउने भएको हो ।
केन्द्रीय बैंकले मंगलबार सार्वजनिक बोलकबोलमार्फत विकास ऋणपत्र जारी गर्ने जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धात्मक वा अप्रतिस्पर्धात्मक प्रणालीबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
२०८० असार ६ गते जारी हुने विकास ऋणपत्र आगामी २०८६ असार ६ गते परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ । लगानीकर्ताहरूले ऋणपत्रको ब्याजदर ६÷६ महिना अर्थात् अर्धवार्षिक रूपमा प्राप्त गर्न सक्नेछन् । यो लामो समयका लागि सरकारले उठाउने आन्तरिक ऋण हो ।
दुई दिनमा १७ अर्ब ऋण उठाइँदै
उसो त सरकारले यसै हप्ता सर्ट ट्रम (छोटो अवधि) का लागि ७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण समेत उठाउँदै छ । असार ५ जारी गर्नेगरी केन्द्रीय बैंकले ९१ दिने र १८२ दिने दुई किसिमको ट्रेजरीमार्फत ७ अर्ब रुपैयाँ उठाउँदै छ ।
४ किसिममा कूल ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको केन्द्रीय बैंकले २३ अर्ब ८६ करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी रहेको ७ अर्ब रुपैयाँको नयाँ ट्रेजरी जारी गर्न लागेको हो ।
भोलि अर्थात् आसार ५ गते बिक्री हुने ट्रेजरीको आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण