भारतीय गुप्तचर संस्था ‘रअ’ का नयाँ प्रमुख रवि सिन्हा को हुन् ?
भारतीय पुलिस सेवा (आइपिएस) का वरिष्ठ अधिकारी रवि सिन्हालाई सोमबार भारतको गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (रअ) को नयाँ प्रमुखको रूपमा नियुक्त गरिएको छ । छत्तिसगढ क्याडरको १९८८ ब्याचका भारतीय पुलिस सेवा (आइपिएस) अधिकारी सिन्हा हाल मन्त्रीमण्डल सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत छन् । मन्त्रीमण्डलको नियुक्ति समितिले ५९ वर्षका सिन्हालाई दुई वर्षको कार्यकालको नियुक्तिका लागि मन्जुरी दिएको छ । सिन्हालाई गोप्य जानकारी जुटाउन उत्कृष्ट प्रविधि समावेश गर्नमा श्रेय दिइन्छ ।
३० जूनमा वर्तमान रअ प्रमुखको कार्यकाल पूरा हुँदै
सिन्हाले सामन्त कुमार गोयलको स्थानमा नियुक्ति पाएका छन् । उनको कार्यकाल ३० जून, २०२३ मा पूरा हुँदै छ । सामन्त गोयल पन्जाब क्याडरका आइपिएस हुन् । सामन्त गोयलको कार्यकालमा नै पाकिस्तानको बालाकोटमा एयरस्ट्राइक गरिएको थियो । यसका साथै जम्मू कश्मिरबाट अनुच्छेद ३७० लाई हटाइएको थियो ।
बिहारको भोजपुर जिल्लाका हुन् आइपिएस रवि सिन्हा
रवि सिन्हा विहारको भोजपुर जिल्लाका हुन् । रवि दिल्लीको सेन्ट स्टिफेन्स कलेजमा पढेका थिए । उनले सन् १९८८ मा युपीएससीको परीक्षा पास गरेका थिए र त्यसपछि उनले भारतीय पुलिस सेवाको अधिकारीको रूपमा मध्य प्रदेशको क्याडर पाए । तर सन् २००० मा तत्कालीन अटल बिहारी वाजपेयीको सरकारले मध्य प्रदेशको आदिवासी बहुल इलाकालाई काटेर छत्तिसगढ राज्यको निर्माण गरेपछि सिन्हा प्राविधिक रूपमा छत्तिसगढ क्याडर गएका थिए ।
रवि सिन्हालाई लो प्रोफाइल बस्न मनपर्छ
रवि सिन्हालाई लो प्रोफाइलमा बस्न मनपर्छ भन्ने गरिन्छ । रविले गोप्य जानकारी जुटाउनका लागि आधुनिक प्रविधिको प्रयोग गर्छन् । रअको कमान सम्हालेपछि उनले इन्टिग्रेटेड टेक्नोलोजी र ह्युमन इन्टेलिजेन्सलाई साथमा लिएर काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीले लिए पद तथा गोपनियताको सपथ
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण