मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

एक साता पछाडि सर्यो सुदूरपश्चिम स्पोर्टस् अवार्ड

मङ्गलबार, ०५ असार २०८०, १२ : ५३
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड—२०७९’ असार १५ गते आयोजना हुने भएको छ । यसअघि स्पोर्टस् अवार्ड असार ८ गते हुने भनिएको थियो । तर, प्राविधिक कारणले अवार्ड कार्यक्रम एक साता पछाडि सरेको हो ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले तयारीको काम केही बाँकी रहेकाले असार १५ गते धनगढीको ओम प्यालेसमा कार्यक्रम आयोजना हुने जनाएको छ ।  चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड—२०७९’ मार्फत वर्ष २०७९ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५-३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार तथा वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५-२५ हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिने छ ।

सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप