फिल्ममा डेब्यु गर्दै ‘सकम्बरी’ अर्थात कुसुम
मङ्गलबार, ०५ असार २०८०, २० : ०६
काठमाडौँ । गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीतको म्युजिक भिडियो अभिनयपछि रातारात चर्चाको केन्द्र बनेकी मोडल कुसुम शर्मा फिल्म डेब्यू गर्ने भएकी छिन् । दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सञ्जिवनी’ मा उनको अभिनय रहने भएको हो ।
फिल्ममा उनी अभिनेता आर्यन सिग्देलको जोडी बन्न लागेकी हुन् । निर्देशक श्रेष्ठले फिल्मको पोष्टर शर्मा र सिग्देललाई राखेर सार्वजनिक गरेका छन् ।
फिल्ममा आर्यन र कुसुमको अलावा श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठ लगायतको मुख्य भूमिका रहनेछ । प्रेमकथामा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ ।
श्रेष्ठले यस अगाडि ‘शकुन्तला, चि मुसी चि’ लगायतका फिल्म निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण