मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
बजेट

वीरगन्ज महानगरको बजेट ३ अर्ब २१ करोड ३५ लाख (पूर्णपाठ)

बुधबार, ०६ असार २०८०, १५ : ५६
बुधबार, ०६ असार २०८०

काठमाडौँ । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ०८१ का लागि ३ अर्ब २१ करोड बढीको बजेट ल्याएको छ ।  बुधवार वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा कुल बजेटमा ३ अर्ब २१ करोड, ३५ लाख ४४ हजार रहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत रहेको छ । त्यस्तै पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तीयतर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत रहेको छ । 

महानगरले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार रहेको छ । त्यसैगरी नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड, २१ लाख, सङ्घीय राजश्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार तथा प्रदेशबाट ४ करोड ४५ लाख ९५ हजार प्रदेश राजश्वबाट २ करोड ८७ लाख व्यहोर्ने महानगरले जनाएको छ ।

पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप