मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

यातायात र पूर्वाधार क्षेत्र वीरगन्ज महानगरको प्राथमिकतामा

बुधबार, ०६ असार २०८०, १६ : ५२
बुधबार, ०६ असार २०८०

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले यातायात र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै महानगरपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार क्षेत्र प्राथमिकतामा राखेको हो ।

महानगरको यातायात र पूर्वाधार क्षेत्रको विकासका लागि ५९ करोड बजेट विनियोजन गरेको छ । अन्तर वडा जोड्ने सडक विस्तारदेखि सिर्सिया करिडोर निर्माणसम्मका योजना महानगरले बनाएको छ । यस्तै, भेडाहा करिडोर र तिलामे करिडोरको योजना समेत अघि बढाउने गरी बजेट विनियोजन भएको छ ।

यस्तै, आज सार्वजनिक भएको ३ अर्ब २१ करोड रुपैयाँ बराबरको बजेटमा महानगरले शिक्षा र सरसफाईलाई प्राथमिकतामा राखेको छ । महानगरले शिक्षा र प्रविधिलाई १२ करोड तथा सरसफाइ तथा खानेपानीलाई १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसबाहेक, कृषि क्षेत्रको विकासका लागि १ करोड ७६ लाख रुपैयाँ विनियोजन हुँदा वन तथा वातावरणलाई ५० लाख रुपैयाँ विनियोजन भएको छ । 

बजेटमा आयोजना र विनियोजित रकम हेर्दा आगामी आर्थिक वर्षमा पूर्वाधार, शिक्षा र खानेपानी योजना प्राथमिकतामा परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप