आइतबार, ३० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने

आइतबार, १० असार २०८०, ०९ : ०२
आइतबार, १० असार २०८०

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८-०७९, महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन, २०७८-०७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८-०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्नेछन् ।

राष्ट्रियसभाका पूर्व सदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप