आज बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएपछि केन्द्रीय बैंकले तान्न थालेको छ । आज असार १० गते केन्द्रीय बैैंकले रिभर्स रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ तान्दैछ । एक साताका लागि बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्न लागेको हो । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् ।
यसअघि असार ७ गते १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरिएकोमा माग गरेभन्दा १६ अर्ब रुपैयाँ बढी अर्थात् २६ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो । यसले बैंकमा उच्च तरलता रहेको तर लगानीको वातावरण नभएको प्रस्ट हुन्छ । पछिल्लो तथ्याङकअनुसार बैंक तथा वित्तीय संस्थामा कूल ५५ खर्ब ७१ अर्ब निक्षेप संकलन हुँदा मुस्किलले ४८ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको मात्र कर्जा लगानी भएको छ ।
बैंकमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले एक हप्तामा ३० अर्ब रुपैयाँ रिभर्स रिपोमार्फत पैसा तान्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण