सोमबार, १७ मङ्सिर २०८१
ताजा लोकप्रिय

मगस, टिभ्स र एनआईसीलाई उपाधि

शुक्रबार, १५ असार २०८०, १६ : ०५
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । मगस, टिभ्स र एनआईसीले प्रथम हिमालय एसईइै बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । थ्री बाइ थ्री बास्केटबलको छात्रतर्फ मगस र छात्रातर्फ टिभ्स च्याम्पियन बनेका हुन् । 

छात्र फुटसलमा भने एनआईसी पहिलो भयो । कोटेश्वरस्थित आयोजक हिमालय विद्यालयको कोर्टमा भएको छात्र बास्केटबलको फाइनलमा मगसले विनायक सिद्ध (भीएस)लाई १५.१४ अंकको साँघुरो अन्तरले हरायो ।  बास्केटबलकै छात्रातर्फको उपाधि भिडन्तमा टिभ्सले ब्राभोलाई ६.४ अंकले पराजित गर्‍यो  । बास्केटबलमा छात्रतर्फ मगसका आशिष थापामगर छात्रातर्फ टिभ्सकी पेम्बा डोल्मा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

यसैगरी छात्र फुटसलको फाइनलमा एनआईसी पहिलो र आयोजक हिमालय दोश्रो भए । एन्जल्स लर्डका सुशील कुमाल उत्कृष्ट खेलाडी घोषित भए । बास्केटबल र फुटसल दुवैमा पहिलो हुने टोलीले १० हजार र दोश्रो हुने टोलीले पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित ७५ प्रतिशत छात्रवृत्ति पाए ।  सहभागी टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप ५० प्रतिशत छात्रवृत्ति प्रदान गरियो । विजेतालाई हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले पुरस्कार वितरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप