एसईईमा कुन ग्रेड ल्याउनेले के विषय पढ्न पाउँछन् ?
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा सार्वजनिक गरेको थियो । नतिजा सार्वजनिक भएसँगै कक्षा ११ मा के विषय पढ्ने भन्नेमा विद्यार्थीहरूमा अन्यौलमा हुन सक्छन् । विद्यार्थीले ल्याएको जीपीए र ग्रेडको आधारमा कुन विषय पढ्न पाइन्छ ? भन्ने विषयमा बोर्डले प्रष्टसँगै भनेको छ ।
न्यूनतम २ जीपीए ल्याएका विद्यार्थीले समेत विज्ञान समूहका विषय पढ्न पाउँछन् । विज्ञान विषय समूहमा रहेका फिजिक्स, क्यामेस्ट्री, बायोलोजी–म्याथमेटिक्स–कम्प्युटर साइन्स–एग्रिकल्चर विषय पढ्न पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । तर, त्यसका लागि विज्ञान र गणित विषयमा भने ‘सी प्लस’ ग्रेड ल्याएको हुनुपर्छ । त्यस्तै अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा ‘डी प्लस’ ग्रेड ल्याएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
यसैगरी विषयअनुसार जस्तोसुकै ग्रेड ल्याए पनि न्यूनतम् जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूह पढ्न पाउँछन् । जसमा एनेमल साइन्स–प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ रहेका छन् । मानविकी र शिक्षा संकायमा अध्ययन गर्न समग्रमा १.६ जीपीए अनिवार्य गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण