सार्वजनिक बिदाको दिन पनि राति ८ बजेसम्म काउन्टर खुला राख्न बैंकहरुलाई निर्देशन
काठमाडौं । सरकारी खर्चको भुक्तानी जारी राख्न सार्वजनिक विदाको दिन पनि काउन्टर खुला राख्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन गरेको छ ।
राष्ट्र बैंकले असार २३ गते शनिबार, २४ गते आइतबार र महिनाको अन्तिम शनिबार असार ३० गते समेत बैंक काउन्टर खुला राख्न निर्देशन गरेको हो ।
आर्थिक वर्षको अन्तमा भुक्तानी तथा हिसाबकिताब खाता क्लोज गर्नुपर्ने भएकाले सहजताका लागि सार्वजनिक विदाको दिन पनि राति ८ बजेसम्म काउन्टर खुला राखेर कारोबार गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको हो ।
नेपाल सरकार, अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतिय रकम ट्रान्सफर (ईएफटी) को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि यस्तो निर्देशन गरिएको बैंकले जनाएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले सरकारी भूक्तानीका लागि असार २४ गते राति १२ बजेसम्मका लागि समय तोकिदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण