एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न अनुरोध
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न अनुरोध गरेको छ । बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न अनुरोध गरेको हो ।
कार्यालय प्रमुख जयन्ती सत्यालले सबै माध्यमिक विद्यालय तथा क्याम्पसहरूलाई परिपत्र गर्दै १.६ जीपीए ल्याएको विद्यार्थी कक्षा ११ मा भर्ना हुनको लागि योग्य मानिने बताए ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को २०७९/०५/१९ को बैठकबाट माध्यमिक तह कक्षा १० अध्ययन पुरा गरी कक्षा ११ मा अध्ययन गर्न एसईईमा न्यूनमत औसत ग्रेड प्लाइन्ट १.६ प्राप्त गरेको विद्यार्थीहरू योग्य मानिने निर्णय गरेको थियो । कार्यालयले सोही आधारमा कक्षा ११ मा भर्ना गर्न सबैमा अनुरोध गरेको हो ।
एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीले कुन कुन विषय पढ्न पाउने भन्ने विषयमा बोर्डले यसअघि नै मापदण्ड तयार पारेको थियो । सोही आधारका विषय मात्र पढ्न पाउने बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण