२७ अर्ब ६० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक
सोमबार, २५ असार २०८०, १० : ५४
काठमाडौं । केन्द्रीय बैंले आइतबार २७ अर्ब ६० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । बैंकले आज दिउँसो ३ बजे उक्त ट्रेजरी नवीकरण गरिने जनाएको हो ।
बैंकले यसअघि जारी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरीको नवीकरण गर्न चाहेको हो । राष्ट्र बैंकले नवीकरणसँगै नयाँ ट्रेजरी जारी गर्दै आएको भएपनि यस पटक भने असार अन्तिममा पुराना ट्रेजरीको नवीकरण मात्र गर्न लागेको हो ।
२८ दिने ट्रेजरीमा ५ अर्ब रुपैयाँ, ९१ दिनेमा ८ अर्ब रुपैयाँ, १८२ दिनेमा ६ अर्ब र ३६४ दिनेमा ८ अर्ब ६० करोड गरी कूल २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी आज नवीकरण हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण