अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले घोषणा गरे आन्दोलनका कार्यक्रम

काठमाडौँ । अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले तीन बुँदे माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । सोमबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
यसअघि शनिबार बसेको दुई विद्यार्थी संगठनको बैठकले शैक्षिक मुद्दामा सहकार्य गर्ने सहमति गरेका थिए । सोही अनुसार सोमबार संघर्षका कार्यक्रम घोषणा गरिएको अखिल क्रान्तिकारीका प्रवक्ता उपदेश यादवले जानकारी दिए । उनीहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, संघीय शिक्षा ऐन जारी गर्न र विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्न माग गरेका छन् ।
अखिल क्रान्तिकारीका संयोजक पवन कार्की र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँले जारी गरेको विज्ञप्तिमा यही असार २६ गते देशव्यापी रुपमा हस्ताक्षर अभियान चलाउने, २७ गते शान्तिपूर्ण प्रदर्शन गर्ने, र ३१ गते वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख गरिएको छ । शिक्षामा सुधारका लागि रचनात्मक र सकारात्मक दबाबमूलक आन्दोलन गर्ने दुई संगठनबीच सहमति भएको प्रवक्ता उपदेश यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
-
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता
-
महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार
-
खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय