सुदूरपश्चिममा कांग्रेसबाट शिवराज भट्ट कानुनमन्त्री बन्दै
काठमाडौँ । नेपाली कांग्रेसका सांसद शिवराज भट्ट सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बन्ने भएका छन् । सरकार विस्तारको तयारीमा रहेका मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई कानुनमन्त्री बनाउन लागेका हुन् ।
बैतडी प्रदेशसभा (२) बाट निर्वाचित भट्टलाई कानुनमन्त्री बनाउन लागिएको कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
‘बैतडीका शिवराज भट्टलाई कानुनमन्त्री बनाउने सहमति भएको छ । आज मुख्यमन्त्रीजी काठमाडौँबाट धनगढी जाँदै छन् । सम्भवतः भोलि शपथ हुन्छ होला ,’ सचिवालय स्रोतले भन्यो ।
असार ५ गते बझाङको केदारस्युँमा सवारी दुर्घटनामा हुँदा तत्कालीन कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको थियो । सिंहको निधनपछि रिक्त उक्त मन्त्रालयको जिम्मेवारी भट्टलाई दिन लागेको छ । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीलाई १ मन्त्री १ राज्यमन्त्रीसहित सरकारमा सहभागी गराउन लागेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका मुख्यमन्त्रीको टोली र सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच नागरिक उन्मुक्ति पार्टीको मन्त्रालयबारे सहमति जुटेको छ । नाउनले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले यसअघि रामेश्वर चौधरीलाई मन्त्री र कैलाश चौधरीलाई राज्यमन्त्री पठाउने तयारी गरेको थियो । प्याकेजमा सहमति नभएपछि नागरिक उन्मुक्ति पार्टीले उनीहरूको शपथको रोकिदिएको थियो । दुई समितिको सभापति र उपसभामुख पनि पाउने भएपछि मंगलबार एक मन्त्री र एक राज्यमन्त्री पठाउन नागरिक उन्मुक्ति पार्टी सहमत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हंगेरीको पोस्टमा जर्मनीको गोल वर्षा
-
डेक्लन राइस र ज्याक ग्रिलिसको गोलमा इंग्ल्याण्ड विजयी
-
हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डाको मूल संवाहक राप्रपा नेपाल हो : कमल थापा
-
ऋषिपञ्चमी : टेकुको ऋषेश्वर मन्दिरमा व्रतालुको भिड, तस्बिरहरू
-
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो सरसफाइकर्मी, फर्म तथा संस्थाले आवेदन दिन सक्ने
-
राइस र ग्रिलिसको गोलमा इंग्ल्याण्ड विजयी