सुनसरीमा दादुराको खोप अभियान चलाइँदै
सुनसरी । सुनसरीमा सोमबारदेखि दादुरा रुबेला विरुद्धको विशेष खोप अभियान संचालनमा ल्याइएको छ।
विशेष अभियान अन्र्तगत सुनसरीमा ६ महिना देखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो । महामारीका रुपमा दादुरा फैलिएका जिल्लामा पूनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीमा विशेष खोप अभियान संचालनमा ल्याउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
अभियान बारे स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाको उपस्थितिमा बैठक डाकी जानकारी गराएको छ । बैठकमा दिइएको जानकारी अनुसार खोप अभियान सुनसरीको बर्जु गाउँपालिका बाहेकका अन्य ११ वटा स्थानीय तहमा संचालन हुनेछ । बर्जु गाउँपालिकामा भने फागुन महिनामा महामारीका रुपमा दादुरा फैलिए लगत्तै आकस्मिक खोप अभियान चलाइएकाले विशेष अभियानमा बर्जु बाहेकका अन्य स्थानीय तहमा खोप कार्यक्रम चलाउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताए ।
प्रसाईका अनुसार नेपाल सरकारको निर्णय बमोजिम दादुरा महामारी देखिएका ९ जिल्लाको हकमा विशेष खोप अभियान संचालन हुन लागेको हो । सोही अनुरुप सुनसरीमा समेत अभियान चलाउन लागिएको बताए ।
स्वास्थ्य कार्यालय सुनसरीले विशेष खोप अभियान विद्यालयमा केन्द्रित हुने जनाएको छ । पालिकामा रहेका सबै विद्यालयलाई केन्द्र बनाएर खोप लगाउने अभियानमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहोटो मेन्थोलाटम नेपालले गर्यो ‘कार बोनान्जा’ अभियानको विजेता घोषणा
-
नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थस्थलको रूपमा स्थापित गर्न सकिन्छ : प्रधानमन्त्री
-
प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान
-
डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्न रास्वपाको माग
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
-
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक कपिलवस्तुमा सुरु