आइतबार, २७ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद्को निर्णय

सरकारले खुलायो जग्गा कित्ताकाट

मङ्गलबार, ३० साउन २०८०, १८ : ४२
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । 

मंगलबार सिंहदरबारमा  बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

मन्त्रिपरिषद् बैठकले संशोधित भू-उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको छ । योसँगै जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि कित्ताकाट हुने भएको छ ।

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरणलाई लिएर कित्ताकाट रोकेको थियो । आर्थिक मन्दीको कारक जग्गाको कित्ताकाट रहेको निष्कर्षसहित सरकारको तीव्र आलोचना भएपछि सरकार कित्ताकाट रोक्काको निर्णयबाट पछि हटेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप