तीन महिनाको गतिरोध अन्त्य गर्दै थाइल्याण्डले पायो नयाँ प्रधानमन्त्री

बैंकक । तीन महिना लामो राजनीतिक गतिरोधलाई अन्त्य गर्दै थाइल्याण्डको संसद्ले रियल स्टेट टाइकून श्रेट्टहा थाभिसिनलाई देशको नयाँ प्रधानमन्त्री चयन गरेको छ ।
६० वर्षीय थाभिसिनलाई फिउ थाई पार्टीले प्रधानमन्त्रीको एक्लो उम्मेदवारको रूपमा अघि सारेको थियो । उनले ७४७ मध्ये ४८२ मत प्राप्त गर्न सफल भएका थिए । रोचक कुरा, फिउ थाईका संस्थापक तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षपछि देश फर्किएकै दिन यो निर्वाचन भएको थियो ।
थाभिसिनले पदबहाली गर्न अघि अझै पनि राजा महा भाजिरिलोङकोर्नले अनुमोदन गर्न बाँकी रहेको छ । निर्वाचित भएपछि उनले देशको ३० औँ प्रधानमन्त्री बन्न पाएकोमा गौरवान्वित महसुस भइरहेको बताए । उनले मतदानमा सहभागी सबैलाई धन्यवाद दिँदै देश र जनताको जीवनस्तर उकास्न काम गर्ने जिकिर गरे ।
व्यवसायमा सफल थाभिसिन राजनीतिमा भने नयाँ हुन् । उनी सन् २०२२ मा फिउ थाई पार्टीमा आबद्ध भएका हुन् । गत मेमा भएको निर्वाचन अघि उनलाई पार्टीबाट प्रधानमन्त्रीका तीन उम्मेदवारमध्ये एकका रूपमा प्रस्तुत गरिएको थियो ।
निर्वाचनमा सुधारवादी पार्टी मुभ फरवार्ड पहिलो बने पनि थाइल्याण्डको राजतन्त्रबारेको कानुन परिवर्तन गर्ने बताएपछि संसद्ले पार्टीका नेतालाई प्रधानमन्त्री बन्नबाट रोकेको थियो ।
–सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य