एसिया कप खेल्न सन्दीप दोहा हुँदै पाकिस्तान जाने
काठमाडौँ । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान जान लागेका छन् । सोमबार कतारको दोहा हुँदै लामिछाने पाकिस्तान जान लागेका हुन् ।
जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान जान लागेका हुन् । जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।
सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार सोमबार बिहान ११ः२० बजे कतार एयरवेजको उडानबाट उनी कतारको राजधानी दोहा पुग्नेछन् । त्यहाँबाट स्थानीय समय अनुसार १९ः४० को उडानबाट उनी पाकिस्तानको मुल्तान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । स्थानीय समय अनुसार रातको १ बजे लामिछाने मुल्तान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । भदौ १८ अर्थात् सेप्टेम्बर ४ तारिखको नेपाल र भारतबीचको खेले खेलेर लामिछाने भदौ २० गते नेपाल फर्किनेछन् ।
भदौ २१ गते तय गरिएको पेसीका लागि लामिछाने भदौ २१ गते बिहान नेपाल आइपुग्ने लामिछानेका कानुन व्यवसायी घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका २५ एसएसपीको पदस्थापन
-
प्रहरीका १७ एसपीको सरुवा, पर्सामा गौतम मिश्र
-
प्रहरीका १८ जना एसएसपीको सरुवा, काठमाडौँमा विश्व अधिकारी
-
जनप्रेम माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
-
हर्क साम्पाङप्रति महेश बस्नेतको टिप्पणी : अख्तियारले बयानमा बोलाएपछि विछिप्त भए
-
१० बजे १० समाचार : राजेन्द्रलाई धवलको चुनौतीदेखि चुनावी लडाइँमा क्रान्तिकारीसम्म