सहकारी संस्थाबाट नगद तथा ल्यापटप चोरी
सोमबार, ११ भदौ २०८०, १२ : ३६

मोरङ । मोरङ धनपालथान गाउँपालिका-२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रुपैयाँ र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका-१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका-७ कदमाहा बस्ने २४ वर्षीय रोशन मण्डल र २० वर्षीय विशाल कुमार सिंह रहेका छन् । उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई सम्पत्ति जफत र रोक्का गर्ने अधिकार
-
उद्घाटन खेलमा बलियो म्यानमारले लेबननलाई हरायो, नेपाल र किर्गिस्तानबिच आजै दोस्रो खेल
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
बढ्दैछ मानिस र वन्यजन्तु बिचको द्वन्द्व
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की
-
सरकारलाई सांसदको प्रश्न– धुलो लागेका भ्रष्टाचारका फाइल कहिले खोल्ने ?