चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी
नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ ।
गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो ।
चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरणले पत्ता लगाएको थियो ।
“तथ्याङ्क सङ्कलन र अध्ययन गर्ने वैज्ञानिक प्रयोगहरू ‘इन–सीटू’ जारी छन् । रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुवनजिकै चन्द्रमाको सतहमा सल्फर (एस) को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको छ ।”
टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति पनि अपेक्षित रूपमा पत्ता लगाइएको छ । हाइड्रोजनको खोजी जारी छ,” इसरोले एक्स (ट्वीटर) मा जारी एक पोस्टमा भनेको छ ।
लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरण दक्षिणी शहर बेङ्गलुरूस्थित आफ्नो प्रयोगशालामा विकसित गरिएको इसरोले जनाएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामजानकी विवाहपञ्चमी : सकियो फूलबारी लीला
-
फ्रान्समा वामपन्थीहरुले पारे प्रधानमन्त्रीलाई अफ्ठ्यारो
-
कर्णालीमा उपनिर्वाचन नतिजा : माओवादीलाई बोनस, कांग्रेसलाई घाटा !
-
१२ बजे, १२ समाचार : उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिकदेखि तीन दिनमा सकियो रविको बयानसम्म
-
उदयपुरको बेलका- ९ मा माओवादी केन्द्रका भरत घिमिरे विजयी
-
उपनिर्वाचनको मैझारो : माओवादीलाई ‘बोनस’, राप्रपा र रास्वपालाई झट्का !