चन्द्रयान–३ ल्यान्डरको डिजाइनर र इसरोका वैज्ञानिक भनेर अन्तर्वार्ता दिने व्यक्ति पक्राउ
गुजरातको सुरत सहरमा प्रहरीले मङ्गलवार एक व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिले आफूलाई इसरोका वैज्ञानिक बताएका थिए । समाचार एजेन्सी पिटिआईका अनुसार मितुल त्रिवेदी नामका यी व्यक्तिले आफूलाई इसरो वैज्ञानिक बताउँदै मिडियालाई अन्तर्वार्ता दिइरहेका थिए ।
मितुलले चन्द्रयान–३ को ल्यान्डर मोड्युल आफूले डिजाइन गरेको भन्दै अन्तरवार्ता दिइरहेका थिए । प्रहरी अधिकारीले २३ अगस्टमा चन्द्रयान–३ ले चन्द्रमामा सफ्ट ल्यान्डिङ गरेपछि मितुलले मिडियालाई अन्तर्वार्ता दिन थालेका थिए ।
यी अन्तर्वार्तापछि उनी विरुद्ध उजुरी परेको थियो । मितुलले आफूलाई इसरोको सहायक अध्यक्ष बताउँदै आएका थिए । यससँग सम्बन्धित नक्कली नियुक्ति पत्र पनि मितुलले मानिसलाई देखाएका थिए ।
#WATCH | Gujarat | On 29th August, the Surat Crime Branch of Police nabbed a man, identified as Mitul Trivedi, who made false claims of being a scientist at the ISRO and also made forged documents for the same. Police say that he has confessed to the crime. pic.twitter.com/zf5IkvVej8
— ANI (@ANI) August 30, 2023
प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ – अनुसन्धानबाट यी व्यक्तिको चन्द्रयान–३ वा इसरोसँग कुनै सम्बन्ध नभएको र गरिएको दाबी झुटो भएको खुलासा भएको छ ।
प्रहरीका अनुसार मितुलले मानिसहरूलाई इसरोसँग सम्बन्धित नक्कली सन्देश पठाउने गर्दथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न
-
छेबाङ लामाको ‘एकोहोरो माया’ मा मिरुनाको अभिनय
-
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, ६ सैनिकको मृत्यु
-
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
-
सम्झौता मितिभन्दा सात महिनाअघि नै बन्यो पुल
-
१० बजे १० समाचार : कांग्रेसमा किचलोदेखि गोपाल हमाललाई मस्तिष्कघातसम्म