कैलालीमा विद्यार्थी सवार स्कुल बस नहरमा खस्दा २० जना घाइते

धनगढी । कैलालीको टीकापुरमा विद्यार्थी सवार स्कुल बस सिँचाइ नहरमा खस्दा २० जना विद्यार्थी घाइते भएका छन् । टीकापुरस्थित त्रिपत विद्या निकेतनको बस सिँचाइ आयोजनाको नहरमा खस्दा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थिका अनुसार बसमा सवार २० जना विद्यार्थीलाई उपचारको लागि टीकापुर अस्पताल पुर्याइएको छ ।
विद्यार्थी बोकेर गइरहेको ना५ख ४५६४ नम्बरको बस जानकी गाउँपालिका वडा नं। ९ कुन्तीस्थित रानी जमरा सिँचाइ नहरमा खसेको प्रहरीले जनाएको छ ।
बसका चालक फरार रहेको बताइएको छ । नहरको किनारमा रहेको सडक सतह चिप्लो भएका कारण बस चिप्लिएर खसेको बताइएको छ । थप विवरण आउन बाँकी रहेको विद्यालयका सञ्चालक मनिष बलायरले जानकारी दिए । उनका अनुसार बस विद्यार्थी बोकेर घरतर्फ छोड्न गएको थियो । दुर्घटना स्थलमा पुगेर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
-
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
-
राजस्व हिनामिना प्रकरण : फरार यातायातका पाँच जना पूर्वकर्मचारी पक्राउ
-
तस्बिरमा हेर्नुस् माओवादीको मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण
-
भुक्तानी नहुँदा बागलुङका दर्जनौँ आयोजना अलपत्र
-
प्रधानमन्त्री चढेको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि...