सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष राज सहनी

काठमाडौँ । जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रीय संयोजक समिति घोषणा गरिएको छ । सोमबार काठमाडौँको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सन्तोष राज सहनीलाई केन्द्रीय संयोजकको जिम्मेवारी दिएको हो।
त्यसैगरी सह-संयोजकमा सेलिना कुँवर, सचिन पटेल र अरुण कान्त यादव, सचिवमा बन्दे प्रसाद साह, सह-सचिवमा नितु पटेल, विमल साह र राम नरेश सहनी रहेका छन् भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेस प्रदेशका सांसद सञ्जय यादव,पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादव,राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव, चिकित्सक जनमत संघका केन्द्रीय संयोजक डा. सीके सिंह, नेता आर के राउत र पार्टीकी महिला नेत्री सरिताश्री ज्ञवालीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके राउतले भने– योजना र सरुवा बढुवाका लागि फोन नगर्नू
-
सुगम पोखरेलको नयाँ गीत ‘निलो गहिरो’ सार्वजनिक
-
एकीकृत समाजवादी रुपन्देही जिल्ला अधिवेशनको तयारी पूरा
-
आईपीएलमा फेरि लागू हुँदैछ यो नियम, दबाबमा पर्न सक्छन् ब्याट्सम्यान
-
थारु, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छः प्रधानमन्त्री
-
महँगी नियन्त्रणका गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री