दाङमा सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु
बिहीबार, २८ भदौ २०८०, १४ : ५७

दाङ । दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए ।
साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए । त्यस्तै साउन र भदौमा छ–छ बालबालिकालाई सर्पले टोकेको थियो ।
सर्पदंशका बिरामी मध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरुष तथा भदौमा एक पुरुषको मृत्यु भएको हो ।
जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ भने कतिपय बिरामीलाई दाङबाट नेपालगञ्ज वा गोरुसिङ्गे लैजाने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग