बालबालिकाको ‘डाटा प्राइभेसी’ : टिकटकलाई ३४५ मिलियन युरो जरिवाना

एजेन्सी । आयरल्याण्डको सरकारी निकायले चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकलाई ३४५ मिलियन युरो जरिवाना लगाएको छ । समाचार संस्था बीबीसीका अनुसार टिकटकले सन् २०२० मा बालबालिकाको डाटा प्राइभेसीमा गडबढी गरेको पाइएपछि जरिवानामा परेको हो ।
जसमा बालबालिकाको प्राइभेसी सेटिङ र उमेर प्रमाणीकरण लगायतका विषय छन् । यो कुनै पनि सरकारी निकायले टिकटकलाई लगाएको अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यद्यपि, टिकटकका प्रवक्ताले भने यो जरिवानाप्रति आफ्नो सहमति नरहेको जनाउँदै जरिवाना रकम ठूलो भएको बताइएको छ ।
तीन वर्षअघिको डाटा प्राइभेसीको विशेषतालाई सोही समयमा परिवर्तन गरेको कम्पनीको दाबी छ । १६ वर्षभन्दा कम उमेर समूहका बालबालिकाको टिकटक एकाउन्ट स्वतः निजी एकाउन्ट बन्ने व्यवस्था छ । यसको अर्थ कम्पनीले विभिन्न सरकारी निकायबाट अनुसन्धान हुनुअघि नै यो व्यवस्था हटाएको थियो ।
टिकटकलाई आयरल्याण्डको डाटा प्रोटेक्सन कमिसन (डीपीसी)ले जरिवाना लगाएको हो । जुन, युरोपियन युनियनको डाटा प्रोटेक्सन रेगुलेसनको मातहतमा पर्छ । अनुसन्धानका क्रममा टिकटकले बालबालिकाको एकाउन्ट सेटिङमा पारदर्शिता नजनाउने गरेको पाइएको थियो ।
अनुसन्धानका क्रममा १३ देखि १७ वर्ष उमेरका बालबालिकाले सञ्चालन गरेको खातालाई सार्वजनिक बनाइएको थियो । यी खाताहरुमा जोकोहीले पनि सहजै एक्सेस पाउन सक्नेछन् । टिकटकले अहिलेसम्म भर्नुपरेको सबैभन्दा ठूलो जरिवाना भएपनि अन्य कम्पनीहरुले योभन्दा कयौं गुणा ठूला जरिवाना तिर्नुपरेको छ ।
यसअघि, युरोपमा अमेरिका प्रविधि कम्पनी मेटालाई १.२ बिलियन युरो जरिवना तिराइएको थियो । यो टिकटकलाई आयरल्याण्डले गरेको जरिवानाको तुलनामा ठूलो जरिवाना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा