नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लैजाने
आइतबार, ३१ भदौ २०८०, १४ : २२

काठमाडौँ । नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लगिने भएको छ । निगमको नाइनएन एकेएक्स जहाज मर्मतको लागि आइतबार इजरायल लैजान लागिएको हो ।
दशैं तिहारमा यात्रुको चाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेता पश्चात् उक्त जहाजलाई मर्मतका लागि डेन्डर पाएको कम्पनीले मर्मत गर्नुपर्ने, इन्जिन फेरबदल गर्नको लागि १८ सेप्टेम्बरमा स्लट उपलब्ध गराइसकेकाले आज राति २३ः३० बजे विमानले इजरायल उडान गर्ने जनाइएको छ ।
मर्मत योजना अनुसार इजरायलमा इन्जिन फेरबदल गरी २२ सेप्टेम्बरमा जहाज काठमाडौँ अवतरण गर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधा प्रति निगमले क्षमायाचना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित