यो वर्ष पनि ‘कोडफेस्ट’ ह्याकाथोन हुने

काठमाडौँ । कोड फर चेन्जले यो वर्ष पनि ‘कोडफेस्ट’ नामक राष्ट्रिय स्तरको ह्याकाथोन कार्यक्रम आयोजना गर्ने भएको छ। गत वर्षको कोडफेस्टमा विधार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेकाले यस वर्ष अझ सुधार गरेर गत वर्ष जस्तै ह्याकाथोन गर्ने योजना बनाइएको हो ।
कोडफेस्ट नेपालमा हुने सबैभन्दा ठुलो आईटी ह्यकाथोन हो जसले आइटिका विद्यार्थीहरूलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यावहारिक अनुप्रयोगहरू प्रदर्शन गर्न र त्यसका लागि एक्सपोजर अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
कोडफेस्ट २०२३ ले समाजमा सकारात्मक प्रभावहरू सुनिश्चित गर्न समाजका विभिन्न ठाउँमा रहेका समस्याको उजागर गर्दै समाधानको उपाय निकाल्न कोसिस गर्नेछ। उक्त कार्यक्रम ७ दिगो विकासका लक्ष्यहरू वरिपरि केन्द्रित चुनौतीहरूसँग रहने जानकारी गराइएको छ।
दिगो विकासका लक्ष्यहरू मध्ये ३, ४, ५, ९, ११, १३ र १६ नम्बर बुँदाहरूमा आधारित भएर उक्त सात थिममा यस वर्षको योजना रहेको आयोजक तथा परियोजना प्रमुख कृष्ण प्रसाद पोख्रेलले जानकारी दिए।
उनका अनुसार उक्त सात थिमहरू क्रमशः गुड हेल्थ एन्ड वेल बीईङ्ग, क्वालिटी एजुकेसन, जेण्डर इक्युलिटी, ईण्डस्ट्रि इनोभेशन एन्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एन्ड ष्ट्रोङ्ग इन्स्टिच्युसन मा आधारित रहेर कुनै किसिमका समाधान सुझाउने गरी गरिने प्रोजेक्टहरूलाई छान्ने र बीचमा प्रतिस्पर्धा गराई उत्कृष्ट टीमहरुलाई विशेष पुरस्कार सहित विभिन्न ठाउँहरूमा अवसर प्रदान गरिने छ।
कोडफेस्ट २०२३ को विजेता टिमले ५० हजार रुपैयाँसहित थप अन्य पुरस्कार प्राप्त गर्नेछ। यसै गरी पहिलो रनर अपले विजेताले २५ हजार र दोस्रो रनर अपले विजेता १५ हजारसहित थप अन्य पुरस्कार प्राप्त गर्नेछन्।
साथै शीर्ष ३ टिमले निःशुल्क होस्टिङ प्राप्त गर्नेछन् भने सहभागी सबै टिमलाई होस्टिङ सेवामा ३० प्रतिशत छुट दिइनेछ । राम्रो आइडियालाई स्टार्टअपको लागि पनि आवश्यक प्रबन्ध मिलाइनेछ।
ह्याकाथोनको प्रारम्भिक तयारी सुरु भई दर्ता प्रक्रियासम्म अगाडी बढिसकेको छ भने यसमा सबै किसिमका विद्यार्थीहरूले आफ्नो टिम बनाएर दर्ता गराउन सक्नेछन्। एउटा टिममा कम्तीमा २ जना र बढीमा ४ जना सहभागी हुन पाउनेछन् भने सहभागीहरू नेपालको जुनसुकै कलेजमा पनि ब्याचलर अध्ययन गरिरहेको हुनुपर्ने छ।
टिम दर्ता शुल्क प्रति टिम २ हजार रुपैयाँ रहेको छ भने टिम काठमाडौँ आइसकेपछि ह्याकाथनको समयावधिसम्म सम्पूर्ण सहभागीहरूको लागि बस्न र खानाको व्यवस्था आयोजकले नै गर्ने भएको छ।
उक्त ह्याकाथोन नेपालका सातै वटा प्रदेशहरूमा सेप्टेम्बर को २१ देखि २८ सम्म गराइनेछ भने प्रदेशबाट छानिएर आएका ७ टिमको प्रतिस्पर्धा भने देशको राजधानी काठमाडौँमा अक्टोबर ६,७ र ८ मा आयोजना गरिने सुरुवाती प्रक्षेपण गरिएको छ। इच्छुक विद्यार्थीहरूले यहाँ क्लिक गरी आजै आफ्नो टिम दर्ता गराउन सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा