कांग्रेसले रोकिएको बीपी साहित्य महोत्सव असोज ३ गते गर्ने
_FEapFgBv7p.jpg)
काठमाडौँ । नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष सुवास नेम्वास नेम्वाङको निधनपछि रोकिएको बीपी साहित्य महोत्सव ३ गते गर्ने भएको छ। महोत्सव आयोजक कमिटीको बैठकले महोत्सवको समापनसभा ३ गते गर्ने निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।
उनका अनुसार स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते विहान १०ः ३० बजेदेखि साँझ ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।
गत साउनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार कांग्रेसले २४ गतेदेखि २६ गतेसम्म पार्टी मुख्यालयमा महोत्सवको आयोजना गरेको थियो।
अन्तिम दिनको कार्यक्रममा सहभागीका लागि राजनीतिक दल नेता, लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम् सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सम्पूर्ण अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा