पोखराका लागि यतीको रात्रि उडान सुरु

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एयरलाइन्सले रात्रिकालिन उडान (आई एफ आर उडान) सुरु गरेको छ । सो एयरलाइन्सले आजदेखि काठमाडौँ–पोखरा रात्रिकालीन उडान सुरु गरेको हो ।
पोखरा अन्तरास्ट्रिय विमानस्थलमा यस अघिनै रात्रि उडानको सुविधा भएपनि यतीले आजबाट लागू हुनेगरि रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५: ३० बजे उडान नं एनवाईटि ६८३ र पोखरा बाट साँझ ६ः २० बजे उडान नं एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
‘हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको मागअनुसार हालको समय भन्दा पछाडि उडान संख्या थप हुँदै जानेछ ।’ आईएफआर उडान शुरु नहुँदा कहिलेकाँही ढिला हुँदा साँझका उडान रद्ध हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने उनले बताए । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा