अमेरिकाको एउटा लडाकु विमान बेपत्ता
सोमबार, ०१ असोज २०८०, १६ : १०

काठमाडौं । अमेरिकाको एउटा लडाकु विमान बेपत्ता भएको छ । दक्षिण क्यालिफोर्नियाको नर्थ चार्ल्सटन एयरबेसबाट आइतबार उडेको एफ–३५ लडाकु विमान केही बेरमै बेपत्ता भएको हो ।
उक्त विमानका पाइलट भने विमान उडिरहेको अवस्थामा हालफालेका थिए । उनको अवस्थामा खतरामुक्त रहेको र उपचार भइरहेको जनाइएको छ ।
एयरबेसका तर्फबाट सोसल नेटवर्किङ साइट ‘एक्स’ (यसअघि ट्वीटर भनिन्थ्यो) मा एक पोस्ट लेखिएको छ, जसमा हराइरहेको सो विमानको अवस्थाबारे कसैलाई थाहा भएमा जानकारी दिन आह्वान गरिएको छ ।
एयरबेसका अधिकारीहरुले चार्ल्सटन शहरको उत्तरतिर रहेको ताल आसपास विमानको खोजी गरिरहेका छन् ।
‘एफ–३५’ लाई विश्वकै उन्नत लडाकु विमान मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा