लागुऔषध दुर्व्यसनीहरुको उपचारका लागि धनगढी आसरा सुधार केन्द्र स्थापना

धनगढी । कैलालीको धनगढीमा लागु औषधको दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणास्तरिय उपचारको व्यवस्था गर्न आसरा सुधार केन्द्र स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबीच सो सुधार केन्द्र स्थापना गर्न सम्झौता भएको हो ।
लागु औषधको दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणास्तरिय उपचारको व्यबस्था गरी असल र सिर्जनशिल नागरिक बनाइ परिवार र समाजमा पुनःस्थापना गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका १४ स्थित जेष्ठ नागरिक भवनमा सुधार केन्द्र स्थापना गरिएको छ ।
आइतबार उपमहानगर प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको नवौं स्थापना दिवसको बिशेष समारोहका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा