भारतीय टोली मंगलबार र पाकिस्तानी टोली बुधबार आउने

काठमाडौँ । नेपालले यसै महिना साफ यू–१९ फुटबल च्याम्पियनसिप- २०२३ को आयोजना गर्दैछ । प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा सहभागी हुन विदेशी टोलीहरु मंगलबारदेखि नेपाल आउन सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । मंगलबार साँझ भारतको टोली नेपाल आइपुग्नेछ । मंगलबार नै माल्दिभ्स, बंगलादेश र भुटानको टोली पनि नेपाल आइपुग्नेछन् । त्यसपछि बुधबार विहान पाकिस्तानी टोली नेपाल आउने छ ।
नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । उक्त समूहमा नेपालसँगै पाकिस्तान र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा भने भारत, भुटान र बंगलादेश रहेका छन् । नेपालले असोज ४ गते दशरथ रंगशालामा पाकिस्तानसँग आफ्नो पहिलो खेल खेल्नेछ । प्रारम्भिक चरणको खेलपछि दुबै समूहको अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा