अर्काको सिमकार्ड आफ्नो नाममा ल्याएर बैंक खाताबाट ६ लाख रकम फुत्काउने पक्राउ
सोमबार, ०१ असोज २०८०, १७ : १७
-(1)_qcosghK7dC.jpg)
काठमाडौँ । अर्काले प्रयोग गर्दै आएको सिमकार्ड आफ्नो नाममा ल्याएर उसको बैंक खाताबाट रकम फुत्काउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काभ्रेको पाँचखाल नगरपालिका–६ निवासी २२ वर्षीय सरोज दिवाली पक्राउ परेका हुन् । हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएका उनले अर्काको सिमकार्डलाई मोबाइस सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी
गरी सोही मोबाइल नम्बरबाट मोबाइल बैंकिङ एक्टिभ गराएर पीडितको खातामा रहेको ६ लाख २ हजार ५४८ रुपैयाँ निकालेको प्रहरीको भनाइ छ ।
उनलाई प्रचलित कानुन अनुसार ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा