आगोमा परेर ३ वर्षीय बालकको मृत्यु
सोमबार, ०१ असोज २०८०, १८ : ४१
काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकामा आगोमा परेर बालकको मृत्यु भएको छ । मरिण गाउँपालिका–३ बरुण बस्ने दुधराज मुक्तानको ३ वर्षीय छोरा मनिषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सोमबार बिहान भान्सामा झोलुंगोमा राखेर परिवारका सदस्य खेतमा गएका बेला उनि झोलुंगोबाट झरेर घिस्रिँदै चुलोमा पुगेका हुन् ।
शारीरिक रूपमा असक्त बालकको चुलोमा परेर मृत्यु भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बालक मृत भेटिएको खबर पाएसँगै ईलाका प्रहरी कार्यालय कपिलाकोटको प्रहरी घटनास्थलमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रिमियर लिग रोक्न अन्तरिम आदेश जारी गर्न सर्वोच्चले गर्यो
-
लिलाबल्लभ अधिकारीलाई एमाले प्रदेश संसदीय दलले सोध्यो स्पष्टीकरण
-
पाकिस्तानका तीव्र गतिका बलरसामु निरीह बन्यो अस्ट्रेलिया
-
धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी
-
कर्मचारीहरूले गरे सिंहदरबारभित्रै विरोध प्रदर्शन
-
दुल्लु–१३ मा तीन शाही त्रिपक्षीयको भिडन्त !