रौतहटमा ग्याँस सिलिन्डर र हावा ट्यांकी पड्किँदा ५ जना घाइते
रौतहट । रौतहटमा छुट्टाछुट्टै घटनामा परेर ५ जना घाइते भएका छन् । ग्याँस सिलिन्डर र हावा ट्यांकी पड्किँदा ५ जना घाईते भएका हुन् । जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवी पर्सा टोलमा सोमवार दिउँसो ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् ।
देवी पर्सा टोलका रामकृष्ण श्रीवास्तवको घरमा खाजा पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा उनका ८ वर्षीय छोरा हिमान्सु श्रीवास्तव, २६ वर्षीय खुश्वु श्रीवास्तव र एक नाबालक गरी ३ जना घाइते भएको प्रहरीले बताएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा घाइतेहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले बताए ।
त्यस्तै गरुडा नगरपालिकाको धर्मेन्द्र मोटरसाइकल वर्क सपमा हावा ट्यांकी विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् । ट्यांकी विस्फोटबाट वर्क सप सञ्चालक स्थानीय २२ वर्षीय धर्मेन्द्र साह र २३ वर्षीय विधिकुमार साह गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
गम्भीर घाइते दुवैजनालाई स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको डिएसपीओमप्रकाश खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व हो : देउवा
-
एनपीएलमा आज विराटनगर र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्दै
-
अधिकांश पूर्वाधारको अवस्था बेहाल, मन्त्री भन्छन्– उल्लेखनीय काम भइरहेको छ
-
नेपाल आइपुगे चर्चित अस्ट्रेलियन अलराउन्डर बेन कटिङ
-
पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण
-
उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भए: भट्टराई