आइतबार, १४ असोज २०८०
ताजा लोकप्रिय

यौन दुराचारी फुटबल प्रशिक्षकको कारागारमै निधन

फैसला सुनाउँदै न्यायाधीशले भनेका थिए, ‘कारागारमै मृत्यु भए अझ राम्रो हुनेछ ’
मंगलबार, ०२ असोज २०८०, ११ : ३६
मंगलबार, ०२ असोज २०८०

काठमाडौँ । यौन दुराचारी फुटबल प्रशिक्षक बेरी बन्नेलको कारागारभित्रै निधन भएको छ । उनी ६९ वर्षका थिए । रिचर्ड जोन्सको नामले परिचित उनलाई १२ जना बालकलाई यौन दुराचार गरेको आरोप लागेको थियो । 

बेरीमाथि लागेको आरोप पुष्टि भएपछि न्यायालयले सन् २०१८ मा उनलाई ३० वर्षको कारागार सजाय सुनाएको थियो । उनीमाथि यौन दुराचारको ५० वटा मुद्दा दायर गरिएको थियो । त्यसमध्ये अधिकांशमा उनी दोषी ठहर भएका थिए । 

बेलायतको म्यानचेस्टरमा जन्मिएका उनी क्रु एलेक्जेन्डरका पूर्व प्रशिक्षक थिए । उनी केही समयका लागि म्यानचेस्टर सिटीसँग पनि जोडिएका थिए । उनी सन् १९७० देखि सन् १९९० को दशकमा शृङ्खलाबद्ध रूपमा बाल यौन दुराचारको घटनामा संलग्न भएका थिए । 

बेलायतको कानुन मन्त्रालयले पनि बेरीको निधन भएको समाचारको पुष्टि गरेको छ । उनी जिब्रोको क्यान्सरबाट पीडित थिए । दुई पटक उनको जिब्रोको शल्यक्रिया पनि गरिएको थियो । क्यान्सर रोगकै कारण उनको निधन भएको अनुमान गरिएको छ । तर, मृत्युको कारण आधिकारिक रूपमा भने खुलाइएको छैन ।

लिगभरपुलस्थित क्राउन कोर्टले सन् २०१८ मा उनलाई ३० वर्ष कारावासको सजाय सुनाएको थियो । त्यतिबेला उनलाई कारावासको सजाय सुनाउँदै न्यायाधीश क्लेमेन्ट गोल्डस्टोनले भनेका थिए, ‘कारागारमै उनको मृत्यु भए अझ राम्रो हुनेछ ।’ न्यायाधीशले उनलाई ‘सैतानको अवतार’ भनेर पनि सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप