क्यानडाको कदमपछि भारतको प्रतिक्रिया : क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला

नयाँ दिल्ली । क्यानडाले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । उनलाई भारत छोड्न पाँच दिनको समय दिइएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले क्यानडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ । सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनिएको छ ।
यो निर्णयले हाम्रो आन्तरिक मामिलामा क्यानडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नतामा भारत सरकारको बढ्दो चिन्तालाई प्रतिबिम्बित गर्दछ।’
यसअघि भारतीय विदेश मन्त्रालयले भारतस्थित क्यानडाली उच्चायुक्तलाई बोलाएको थियो । केही समयअघि क्यानडाका उच्चायुक्त क्यामरुन म्याकी नयाँ दिल्लीको साउथ ब्लकस्थित विदेश मन्त्रालयको मुख्यालय पुगेका थिए । केही मिनेटको भेटपछि म्याकी परराष्ट्र मन्त्रालयको कार्यालयबाट बाहिर निस्किए । यो अवधिमा उनले मिडियासँग खासै कुरा गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेलको सेयर खरिद बिक्री विवादबारे आजैदेखि छानबिन थाल्छौँ : संयोजक शर्मा
-
रेड्डीले लिए तेलंगानाको मुख्यमन्त्रीको शपथ
-
बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र
-
तालिवानको डरले जब एक बुवाले छोरीलाई छोरा बनाएर हुर्काए
-
मध्यपहाडको सम्भावना खोज्न संकल्प यात्रा : अध्यक्ष ओली
-
राप्रपा राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने