हरदिप सिंह निज्जरको मृत्युमा भारतमाथि क्यानडाको आरोपबारे के भन्छ अमेरिका ?

खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको मामिलामा क्यानडाले भारतमाथि जुन आरोप लगाएको छ, त्यसमा अमेरिकाले प्रतिक्रिया दिएको छ ।
मङ्गलवार ह्वाइट हाउसले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको आरोपलाई ‘असाध्यै चिन्ताजनक’ बताएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार देशको संसदमा उनले नयाँ दिल्लीमा जी–२० सम्मेलनका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटघाटमा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विषय उठाएको जानकारी दिए ।
उनले क्यानडाको संसद्सँग भने, ‘क्यानडाको जमिनमा क्यानडाका नागरिकको हत्यामा कुनै विदेश सरकार समावेश हुनु हाम्रो सम्प्रभुताको उल्लङ्घन हो र अस्वीकार्य पनि ।’
भारतले पहिले नै निज्जरको हत्यामा आफ्नो कुनै पनि संलग्नता नभएको बताइसकेको छ ।
मङ्गलवार भारतले क्यानडालाई उसले भारतको सुरक्षालाई धम्की दिने ‘खालिस्तानी चरमपन्थी र आतङ्कवादी’ लाई आश्रय दिइरहेको आरोप लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराबाट लागूऔषधसहित ४ जना पक्राउ
-
जाजरकोटमा भूकम्पमा ज्यान गुमाएकी उपप्रमुख सिंहको परिवारलाई दाबी भुक्तानी
-
प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता
-
कान्तिपुर शीर्ष स्थानमा
-
अब राजनीतिक दल विकास निर्माणमा लाग्नुपर्छ : अध्यक्ष ओली
-
टाटा गाडीका मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला आयोजना