तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
मङ्गलबार, ०२ असोज २०८०, २० : ३२

काठमाडौँ । तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दैलेख नारायण नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू बस्ने ४२ वर्षीय गणेश बहादुर सिंहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सिंहले एक जनालाई वैदेशिक रोजगारका लागि तान्जानिया पठाइ आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेको प्रहरीको भनाई छ । उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ सितापाइला चोकबाट पक्राउ गरेको हो । सिंहलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा ११ अंकको वृद्धि, २ अर्ब ८० करोडको कारोबार
-
माओवादी प्रवास रुपान्तरण अभियानबाट नेताहरू उत्साहित
-
फेसबुकमा विरोध गरेर संघीयता जाँदैन: मुख्यमन्त्री पाण्डे
-
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त
-
धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु
-
संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह