जापानसँग हारेपछि अर्को प्रशिक्षकको जागिर गुम्यो

टर्की । एसियाली टोली जापानसँग पराजित भएसँगै अर्का एक प्रशिक्षकले आफ्नो जागिर गुमाउन परेको छ । गत भदौमा जापानसँग मैत्रीपूर्ण खेलमा ४–१ को लज्जास्पद हार बेहोरेपछि जर्मनीले हान्सी फ्लीकलाई म्यानेजर पदबाट निकालेको थियो । अहिले जापानसँग पराजित भएको टर्कीले आफ्नो म्यानेजरलाई बर्खास्त गरेको हो ।
टर्की हालै जापानसँग ४–२ गोलले पराजित भएको थियो । पराजयसँगै टर्कीले टिम म्यानेजर स्टेफान कुन्ट्जलाई हटाएको जानकारी दिएको छ । स्टेफान गत दुई वर्षदेखि टर्कीको टोलीसँग आबद्ध थिए ।
जर्मनीका पूर्व स्ट्राइकर ६० वर्षीय स्टेफान सन् २०२१ को सेप्टेम्बरमा टर्कीको म्यानेजर नियुक्त भएका थिए । उनले यसअघि जर्मनीको अन्डर २१ टोलीलाई सन् २०१७ र २०२१ मा युरोपियन च्याम्यिनसीपको उपाधि दिलाएका थिए ।
उनको नेतृत्वमा टर्कीले २० मध्ये १२ खेल जिते पनि गत वर्ष कतारमा आयोजना भएको विश्वकपमा छनोट हुन असफल भएको थियो ।
सन् २००२ मा जापान र कोरियामा आयोजित विश्वकपमा तेस्रो स्थान हासिल गरे यता टोली प्रतियोगितामा छनोट हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिने प्रधानमन्त्रीको घोषणा
-
अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल
-
श्रीलङ्कामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुनको प्रस्ताव
-
कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार
-
नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १०० क्यासब्याक
-
राष्ट्रव्यापी वक्तृत्वकलामा रिलायन्स कलेजको क्लिन स्वीप