शिक्षकका जायज माग सम्बोधन गर्न सरकार लचिलो बन्नुपर्छ : प्रमुख सचेतक गिरी
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले शिक्षकका जायज माग सम्बोधन गर्न जरुरी रहेकाे बताएका छन् । उनले संविधानभित्र रहेर जस्तासुकै समस्याको समाधान गर्न सकिने भन्दै संविधानअनुसार सबै अघि बढ्नुपर्ने बताए ।
रातोपाटीसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले भने, ‘जायज माग सम्बोधन गर्न सरकार लचिलो बन्नुपर्छ । अहिलेको संविधानभित्र रहेर अधिकतम माग पुरा गर्ने बारेमा सरकारले सोच्नुपर्छ । संविधान संशोधनका विषयमाचाहि दलहरुबीच गम्भीर छलफल गरेर यसको आवश्यकता र औचित्यबारे निर्णय गर्नुपर्छ । तर संविधानले गरेको व्यवस्थामा अहिले थप कुरा गर्न सकिँदैन ।’
उनले अहिले आएर शिक्षकहरूले पनि संविधानमा भएको व्यवस्था नै बदल्ने कुरा गर्न नहुने बताए । ‘उहाँहरूले पनि अहिले आएर त्यो कुरा गर्न पनि मिल्दैन, तर शिक्षकहरूको सेवा सुविधा र वृद्धि विकासका लागि सरकार लचिलो बन्नपर्छ’, गिरीको भनाइ छ ।
उनले विद्यालय शिक्षा विधेयक ल्याउनुभन्दा अघि सरकारले सम्बन्धित स्टेकहोल्डरहरुसँग बसेर छलफल गरेर ल्याएको भए यस्तो समस्या नआउने समेत बताए । ‘सरकारले त्यसो गरेन । कसैसँग पनि छलफल नगरी यो विधेयक सरकारले ल्यायो र समस्या भयो’, उनले भने, ‘यसमा पहिला सरकार जिम्मेवार बन्नुपर्छ । अहिले शिक्षकहरूले अघि सारेका जायज मागहरू जे जे छन् ती मागका सन्दर्भमा राज्यले सम्बोधन गर्नै पर्छ ।’
गिरीले संसद्ले पनि त्यही अनुसार संशोधनको पहल गर्नुपर्ने भन्दै शिक्षकहरूले पनि कतिपय मागबारे पुनरावलोकन गर्नुपर्ने बताए । ‘शिक्षकका मागबारे हामी पनि आफ्नो ढङ्गले बसेर छलफल गर्छौ । उहाँहरूका माग के हुन् भनेर औपचारिक रूपमा सुन्न पनि चाहन्छौ । अहिलेको संविधान, कानुन, शिक्षामा ल्याउने गुणस्तरको समेत ध्यान राखेर शिक्षकहरूलाई बढी भन्दा बढी सुविधा दिने कुरामा अघि बढ्नुपर्छ भन्नेमा हाम्रो विमति छैन’, उनले भने, ‘तर संविधानले गरेको व्यवस्थामा अहिले थप कुरा गर्न सकिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादवले आमनागरिकलाई टीका लगाइदिने
-
पूर्वराजा शाहले निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने
-
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
-
कुन देशमा कति बजे छ विजयादशमीको साइत ?
-
यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
-
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुई दिनपछि उद्धार