३ महिनाभित्रै सेती प्रादेशिक अस्पताललाई परिवर्तन गर्छु : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ३ महिनाभित्रै धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई परिवर्तन गर्ने बताएका छन् ।
बिहीबार अस्पतालको स्थलगत अनुगमनको क्रममा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
कर्मचारी अभावको समस्या कम विज्ञापन आह्वान गर्ने शाहको भनाइ थियो ।
अनुगमनमा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, सामाजिक विकास मन्त्री झपट साउँदको सहभागिता रहेको थियो ।
अस्पतालको इमरजेन्सी वार्डदेखि सबै वार्डहरू मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले अनुगमन गरेका थिए । उनीहरुले अस्पतालमा आएका सेवाग्राहीका समस्या सुन्नुका साथै चिकित्सकका समस्या र व्यवस्थापकीय कठिनाइका विषयमा बुझेका थिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले अस्पतालमा विविध समस्या कायम रहेको बताए । उनले चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मी अभावसँगै संरचनाको अभाव समेत रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा विधानतः बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं
-
माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय
-
एडम होलिहोक पाकिस्तानी क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक
-
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख १९ हजार नाघ्यो
-
सम्बन्ध र द्वन्द्व बोल्ने ‘चित्रा’को फस्टलुक सार्वजनिक
-
जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरण