मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

पोलेको मकै किनेर खान आन्दोलनरत शिक्षक लाइनमा (फोटोफिचर)

बिहीबार, ०४ असोज २०८०, १५ : ५९
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा राखिएका केही प्रावधानप्रति असन्तुष्टि व्यक्त गर्दै देशभरका शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका छन् । बिहिबारदेखि उनीहरुले थालेको आन्दोलन शुक्रबार दोश्रो दिन सडक प्रर्दशन गरेका छन् । 

काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक ठप्प पारेका उनीहरुले विधेयकमा भएका प्रावधान शिक्षकमैत्री नबनाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । शुक्रबार आन्दोलनका क्रममा माइतीघर मण्डला, बबरमहल तथा बानेश्वर क्षेत्रका सडक छेउमा शिक्षकहरु फलफूल तथा पोलेको मकै खाएर भोक मेटिरहेका थिए । 

आन्दोलनमा धेरै शिक्षक सहभागी भएका कारण सडकमा मकै पोलेर बिक्री गर्नेहरुलाई भ्याई नभ्याई थियो । सामान्य अवस्थामा एउटा पोलेको मकैको ३५ देखि ४० रुपैयाँ लिने गरेकोमा उनीहरुले ५० रुपैयाँ लिइरहेका थिए । माइतीघर सडक खण्डमा मकै पोलेर बेच्न बसेकी सुस्मिता भुजेलले शुक्रबार ८० घोगा मकै पोलेर बिक्री गरेकी छिन् । शिक्षकहरु उनले मकै पोलिरहेको ठाउँमा मकै किन्न लाइन बसेका थिए । 

हेर्नुहोस् तस्बिरहरु :

makai--teacher-andolan (1)makai--teacher-andolan (3)makai--teacher-andolan (4)makai--teacher-andolan (5)makai--teacher-andolan (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप