शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

इन्चार्ज शर्मासमक्ष सिन्धुपाल्चोकवासीले के के गुनासाे राखे ?

बिहीबार, ०४ असोज २०८०, १७ : ४८
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्ला नगरपालिका र गाउँपालिकाका नेतृत्वहरूसँग छलफल गरेका छन् । 

शुक्रबार भएको छलफलमा अहिलेसम्म भएका गतिविधि र भावी योजनाको रिर्पोटबारे समीक्षा भएको नेता हिमाल शर्माले बताए । 

उनका अनुसार नेताहरू शहरकेन्द्रीत भएको, शान्ति प्रक्रियामा आएपछि जीवन शैली फेरिएको, जनतासँग टाढिएको, शहिद तथा बेपत्ता परिवारका सदस्यहरूको व्यवस्थापनलाई ध्यान नदिएको लगायतका गुनासाहरू आएको छ । 

पहिलो चरणको अभियान सकिएपछि समग्रमा गम्भीर समीक्षा गरी पार्टीलाई गति दिने गरी योजना बनाउने उनले बताए ।  छलफलमा शर्मासहित, बागमतीका अध्यक्ष सरल सहयात्री पौडेल, हिमाल शर्मा लगायत नेताहरू उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप