शिक्षकहरूसँगको वार्ता आज टुङ्गिन्छ : मन्त्री गुरुङ

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूसँग औपचारिक छलफलमा बस्नुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र सरोकारवाला मन्त्रीहरुबीच छलफल भएको छ ।
सिंहदरबारमा भएको छलफलमा आन्दोलनरत शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए । शिक्षकहरूसँगको छलफलअघि कार्यबहाक प्रधानमन्त्री समेत रहेका खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग शिक्षकका माग र सम्बोधन गर्न सक्ने विषयबारे कुराकानी गरेका थिए ।
मन्त्रीहरूबीचको छलफलपछि केही बेरमा सरकारी टोली र शिक्षक महासङ्घका प्रतिनिधिबीच वार्ता हुने मन्त्री गुरुङले जानकारी दिए । ‘हामीबीच शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भयो । अव उहाँहरुसँग केहीबेरमा छलफल गर्छौ र आजै शिक्षकहरूसँगको वार्ता अन्तिम टुङ्गो लगाउँछौ’, मन्त्री गुरुङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ