दयाहाङ र आँचलको ‘डिग्री माइला’ फ्लोरमा
काठमाडौंँ । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सुरु भएको छ । गत शनिबार नक्साल भगवती मन्दिरमा शुभमुहूर्त गरिएको फिल्मको शुक्रबारदेखि ओखलढुङ्गास्थित रुम्जाटारबाट छायांकन सुरु भएको हो ।
पहिलो चरण ओखलढुङ्गा र दोस्रो चरण काठमाडौंमा हुने फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिने छ । विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको पनि अभिनय फिल्ममा देख्न सकिन्छ ।
२०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर यो फिल्म बन्न लागेको हो । त्यस नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए ।
बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । आगामी नयाँ वर्ष (२०८१)मा फिलम प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोडसेडिङकै झल्को दिने गरी किन गइरहन्छ झ्याप्प–झ्याप्प बत्ती ?
-
व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने, ‘वर्षौंपछि राष्ट्र बैंकद्वारा ऋणीमाथि न्याय’
-
यस्तो छ ‘फेरि रेशम फिलिली’को पहिलो गीत ‘ग्रीन कार्डैमा’
-
सपना अधूरै छाडेर अस्ताए चुङ्बा
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे निःशुल्क भिसा निर्णयको विरोध