राष्ट्र बैंकले आज १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै
सोमबार, ०८ असोज २०८०, १० : ४४
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले असोज ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको कूल १८ अर्ब ७१ करोड२५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो ।
तथापि, नयाँ नभएर पुरानो ट्रेजरीको नवीकरण गर्ने केन्द्रीय बैंकले जनाएको छ । २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले असोज १ गते १६ अर्ब८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमान्डु गुर्खाजको ट्यालेन्ट हन्ट सुरु
-
इन्ड्राइभले ल्यायो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा
-
हैदरावादको अन्नपूर्ण स्टुडियोमा बिहे गर्दैछन् नागा चैतन्य र शोभिता धुलिपला
-
सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल
-
‘हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौँ’
-
मुख्यमन्त्री शाहको १०० दिने उपलब्धि : शासकीय सुधारदेखि १० टन च्याउको बिउ उत्पादनसम्म