वीरगञ्जमा धार्मिक सदभाव र्याली निकालिँदै

वीरगञ्ज । मूर्ति विर्सजनका क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीचको विवादलाई लिएर वीरगञ्जमा पनि तनाव उत्पन्न भएपछि आज धार्मिक सदभाव र्याली निकाल्न लागिएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा आज यहाँ धार्मिक सद्भाव र्याली निकाल्ने तयारी गरिएको छ ।
केहीबेरमा वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट निस्किने धार्मिक सदभाव र्यालीमा सहभागी हुन राजनीतिक दल, सङ्घसंस्था, धार्मिक सङ्घसंस्था, कर्मचारी, बुद्धिजीवीलगायत सबैपक्षसँग महानगरपालिकाले अपिल गरेको छ ।
सर्लाहीको मलङ्गवामा दुई पक्षबीचको विवादका कारण वीरगञ्जमा पनि बन्द, हडताल र प्रदर्शन हुन थालेपछि सामाजिक सद्भाव कायम राख्न धार्मिक सद्भाव र्याली निकाल्न लागिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय बैठकमा सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको थियो ।
राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्तिसुरक्षा, अमञ्चयनमा असर पर्नेगरी धार्मिक एवं सामुदायिक प्रकारको र्याली, जुलुश, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
-
गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
-
पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ : सभापति देउवा
-
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा
-
महामन्त्री थापा र मुख्यमन्त्री कार्कीबिच घोचपेच
-
एनसेल प्रकरण : नियामकलाई किन जानकारी भएन ? अब दायित्व के हुन्छ ?